कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

अदालतमा कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दर्ता गरेको रिटको सुनुवाइ सुरु भएको हो ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि रिटको सुनुवाइ सुरु भएको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएकोले नियुक्ति बदर गर्न रिटमा गरिएको छ ।

सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको रिटमा थापाको नियुक्ति बदर गरि संविधानको धाराा १६८ को उपधार ३ अुनसार प्रदेशसभामा रहेको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न कार्कीको माग छ । सरकार गठनमा सभामुख गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।

यसअघि रिटको पहिलो सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानले सरकारलाई दिर्घकालिन महत्वका निर्णय नगर्न आदेश दिएकी थिइन् । उनको इजलासले दिएको आदेश अनुसार विपक्षीले साउन ३ गते सर्बोच्चमा जवाफ पेश गरिसकेका छन् भने अब रिटको निरन्तर सुनुवाइ हुने भएको छ ।

सोमबार, ०८ साउन, २०८०, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर