मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । साउन ३ गते मोरङको विराटनगर महानगरपालिका वडा नः.–२ स्थित राधाकृष्ण मन्दिर अगाडिबाट पार्किङ गरी राखेको मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो ।

धनपालथान गाउँपालिका वडा नं.–२ बस्ने प्रकाश मण्डलको को ३० प ५२३६ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरीमा संलग्न सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. १३ खनार बस्ने वर्ष २५ को मो. कमरूदिन र इटहरी १४ खनार बस्ने वर्ष २२ को मो. सम्सेर पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सहित नियन्त्रणमा लिइ चोरी कसूरमा मोरङ जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

आइतबार, ०७ साउन, २०८०, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर