लालबहादुर विश्वकर्मालाई न्याय माग्दै इटहरीमा प्रदर्शन

विराटनगर । लालबहादुर विश्वकर्मालाई न्याय माग्दै इटहरीमा प्रदर्शन गरिएको छ । सामाजिक अभियन्ता,आफन्त र स्थानीयले उप– महानगरपालिका अगाडी प्रदर्शन गरेका हुन ।

निर्दोष व्यक्तिलाई फसाउन अदालत नै लागेको भन्दै अभियन्ता, आफन्त र स्थानीयले नारा जुलुस नै गरेका थिए । ‘निर्दोष थुन्न पाइँदैन,गरिबलाई न्याय दे’ जस्ता नारा लगाएर उनीहरूले नारा जुलुस गरेका हुन ।

ठगी तथा बैङ्किङ कसुर मुद्दामा उनी कारागारमा छन् । सुनसरीकै तरहरामा दीपक गजमेरले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्सका कामदार थिए लालबहादुर । सहकारीले जस्तै पासबूक छापेर बैंक तथा सहकारीको भन्दा आकर्षक ब्याज दिने प्रलोभन देखाई सर्वसाधारणको रकम जम्मा गर्ने गरेका थिए दीपकले ।

दीपकले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ संकलन गरेको अभियोग पुष्टि भइसकेको छ । सुनसरी जिल्ला अदालतले सोहीअनुसार बिगो तथा जरिवाना र कैद सजायको फैसला सुनाएको थियो । जायजेथा बेच्दा समेत रकम तिर्ने सम्भावना नभएपछि उनले गत मन्सिरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनको भागमा झन्डै ५ करोड तिर्नु पर्ने छ । अदालतको आदेश अनुसार उनको भागमा ४ करोड ७१ लाख भन्दा बढी पर्ने देखिन्छ । अदालतको आदेश अनुसारको रकमा तिर्न नसक्ने भएपछि उनले गत मन्सिरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए

जायजेथा बेच्दा समेत रकम तिर्ने सम्भावना नभएको उनका आफन्तहरू बताउँछन् । साबिक हाँसपोसा गाविसको फूलबारी टोलनजिकै १० धुर जग्गामा उनको घर छ । उनले दीपकको पसल बाट मासिक २० देखि २२ हजारसम्म कमाउने गरेको श्रीमती दिलकुमारीले बताइन् । उनलाई डेढ वर्ष कैद र ७० हजार जरिवाना सुनाइएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको भन्दै उच्च अदालत विराटनगरमा गएको एक वर्ष हुन लाग्दा समेत उनको मुद्धाको फैसला भएको छैन । लालबहादुर रामधुनीस्थित क्षेत्रीय कारागार झुम्कामा छन् ।

उच्च अदालतमा पटक पटक मुद्दा पेशीमा चढे पनि धेरै पटक पेशी सर्दै आएको छ । उनको मुद्दामा आगामी साउन १६ गतेका लागि पेशी तोकिएको छ ।उनी कामदार मात्र रहेको बयान मालिक र पीडितहरूले नै अदालतमा दिएका थिए । अदालतमा बकपत्र गरेका अधिकांश पीडितले लालबहादुर कामदार मात्र रहेको र उनीसँग आफूहरूले कुनै कारोबार नगरेको बयान दिएका छन् ।

बुधबार, ०३ साउन, २०८०, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर