धरान । सुनसरीको धरानस्थित भानुचोकमा आज एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।
धरान ३ माछाभौडीका यौवन खड्गीले आत्मदाह प्रयास गरेका हुन् । आत्मदाह प्रयास गरेका खड्गीलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेको छ ।
खड्गी धरान ३ स्थित न्यु जयन्ती स्टोरका सञ्चलक हुन् । सुन पसलमा बचत सङ्कलन गर्ने गरेका उनी बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि तनाबमा थिए । सोही कारण आत्मदाहको प्रयास गरेको अनुमान गरिएको धरान ३ का वडाध्यक्ष विद्या शाक्यले बताए ।
लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै आत्मदाहाको प्रयास गरेको शाक्यले बताएका छन् । शरिरमा पेट्रोल छर्केपछि प्रहरीले उनलाई उद्धार गरेको थियो ।

