विराटनगर । एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन् ।लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री समेत रहेका यादवलाई बैंकिङ कसूर मुद्दामा बाँके प्रहरीले पक्राउ गरेको हो ।
पूर्व मन्त्री यादवलाई आइतवार बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । बैंकिङ कसूर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गरे ।
जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । गत चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।