समाजवादी मोर्चाले जिल्ला तहसम्म नै संरचना बनाउने

विराटनगर । समाजवादी मोर्चाले जिल्ला तहसम्म संरचना बनाउने भएको छ ।

हिजो बालुवाटारमा बसेको बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको हो ।

बैठकले जिल्ला तहसम्म संरचना बनाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

बैठकले चार–चार महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

यसअघि उसले ६–६ महिनामा नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो। मोर्चाको अध्यक्षता अहिले नेकपा समाजवादी एकीकृतका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन्।

साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने निर्णय गरेको पनि उनले बताए । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपा रहेका छन ।

 

आइतबार, ३१ असार, २०८०, बिहानको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर