विराटनगर । अविरल वर्षासँगै विराटनगरको क्षेत्र जलमग्न बनेको छ ।
राति देखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र जलमग्न बनेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर १ को गंगाटोल र विराटनगर –२ को सुकुम्वासी टोलका स्थानीयले घर छाड्न थालेका छन् ।
सिंघीय खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने सयौँ परिवार हरेक वर्षको बाढीबाट प्रभावित बन्दै आएका छन् ।
अविरल वर्षाका कारण विराटनगरको एकीकृत भन्सार जाँच चौकी ९आईसिपी० उत्तरको क्षेत्रसमेत जलमग्न भएको छ ।







