मृत्युलाई उडाउनेहरु

 विक्रम लुइँटेल

प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० की धर्मपत्नी सीता दाहालको निधन भएपछि सामाजिक सञ्जालमा मानवीयता, संवेदनशीलता, संस्कार र नैतिकतासाथै इमान्दारिताका कोणबाट धेरै प्रश्नहरु उठे । तर, एउटा कुरा इमादारिपूर्वक भन्नुपर्दा सीता दाहाल नेकपा माओवादीले सुरु गरेको जनयुद्ध, परिवर्तनको एजेन्डामा सतिसाल जत्तिकै ठिङ्ग उभिएकी महिला हुन् । उनको जीवनशैली, रहनसहन र बोलीचाली सामान्य व्यक्तिकै सरह थियो ।

उनलाई सादा जीवनकी एउटा असल संघर्षशील नारी भन्दा फरक पर्दैन । त्यसैले पनि उनको निधनमा भावविह्वल हुने थुप्रै भए । साच्चै भन्नुपर्दा उनी एउटा असल योद्धा थिइन् । यसैले पनि उनीप्रति भावपूर्ण श्रद्धान्जलि ।

अब यहाँ प्रसंग उनको मृत्युपछि सामाजिक सञ्जालमा विगतमा माओवादीको युद्धसँग जोडेर कसैले धार्मिकतासँग जोडेर, कसैले सांसदले व्यक्त गरेको विचारसँग जोडेर र कसैले श्रद्धान्जलि दिँदा फोटो खिचेको विषयलाई लिएर धेरै मानवीयता, संवेशनशीलता, संस्कार र नैतिकताको कुरा उठाए ।

हाम्रो समाजमा आफूले गरेर धेरै कुराहरु जायज लाग्छन् र अरुले गरेका कुराहरु नाजायज लाग्छन् । भित्री यथार्थ र विगतलाई बिर्सिएर वर्तमानमा उभिएर मात्रै लहडमा रही प्रतिक्रिया जनाउँछौँ । साच्चै हिजो यसरी नै प्रतिक्रिया आए । प्रतिक्रिया दिनेहरुले पनि संयमित भएर दिनुपथ्र्यो । कतिपयले संस्कार भूलेर दिएको प्रतिक्रियालाई समय आएपछि समीक्षा गर्न सकिन्थ्यो । तर, यहाँ हिजो नाबालक बच्चाहरुसँग सुतिरहेका बाउलाई थुतेर बिहानै खेतबारीमा सुराकी भन्दै हत्या गरेर फाल्ने, सरकारी जागिरमा रहेकाहरु आफ्नी बुढीआमा घरमा बिरामी हुँदा भेट्न आउँदा बाटैमा रेट्नेहरु, व्यवस्थाको विरोधमा लागेका बाउआमाका छोराछोरीलाई आतंककारी भन्दै हत्या गर्ने, मानौ मानिसको मृत्यु र पशुको मृत्यु एउटै ठान्नेहरुको अर्ति र उपदेश दिनभरी आयो । त्यसैले हामी हरेक मृत्युमा संवेदनशील बनौ । भावुक बनौ । र, उनीहरुप्रति सम्मान गरौ ।

यसरी उपदेश दिनेहरुले विगतलाई पनि स्मरण गर्नुपर्छ । सामाजिक सञ्जालमा आइरहेका कतिपय विषयहरुले समाजका अगुवाहरुलाई झस्काइरहेको छ । आज प्राथामिक तहबाट नै नैतिक शिक्षाको जरुरी भएको छ । हिजोको जस्तो नैतिक शिक्षाका विषयहरु आज विद्यालयमा हुन छाडेका छन् । यस्ता विषयमा हामी जिम्मेवार तहका मानिसहरुले सोच्नुपर्ने अवस्था आएको छ । हाम्रो सामाजिक बनोट के हो रु हाम्रो संस्कार के हो रु हाम्रो मौलिक पहिचान के हो रु हाम्रो सामाजिक सद्धाव के हो रु यी सबै विषयमा हामीले हाम्रा बालबालिकालाई सिकाउनु जरुरी भइसकेको छ । हुनत यहाँ जान्ने बुझ्नेहरुबाट नै नियतवश प्रश्नहरु उठाइन्छ र बाटो बिराइन्छ ।

पछिल्लो समयमा सबैकुराहरु बेलिविस्तार नबुझिकन प्रतिक्रिया दिने सबै मानिसलाई एकै नजरले हेर्ने बानीले हाम्रो समाजलाई सही ढंगतर्फ डोहोर्याउन सकेको छैन् । यसतर्फ सचेत हुन जरुरी छ । सीता दाहालको निधनबाट अनेकौ प्रश्नहरु उब्जाउने मानवताविहीनहरुले अहिले उठेका विषयमा सोचुन् । उनका सही विचार र उनले एउटा नारी भएका नाताले घर व्यवहार थाम्दै देशमा आमुल परिवर्तन ल्याउनका लागि गरेको योगदानलाई सम्झिउन । यसो गर्न सकेमात्र सीता दाहालप्रति सच्चा श्रद्धान्जलि हुनेछ । देश परिवर्तनमा खेलेको भूमिका सदा स्मरणीय रहनेछ । दाहाललाई भावपूर्ण श्रद्धान्जलि १

 

 

 

 

 

 

 

 

शुक्रबार, २९ असार, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर