विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक जना युवक मृत फेला परेका छन् ।

नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भई जहदामा बस्दै आएका २० बर्सिया गणित राजवंशी शव बिहीबार मृत फेला पारिएको हो ।
जहदा–३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधवार साँझ नहरले बगाएर बेपत्ता बनाएको थियो ।

खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक बिहीबार दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा–३ का १८ वर्षीय दीपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो