विराटनगर । सुनसरीका तरहरा र धरान तथा मोरङको हरैँचा आसपास भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी क्षेत्र तथा डुबान हुने होचा स्थानमा रहेकाहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बुधबार बिहान ८ बजे सूचना जारी गर्दै विभागले पछिल्लो १–३ घण्टामा सुनसरीको तरहरा, धरान र मोरङको हरैँचा आसपास भारी वर्षा भईरहेकाले उक्त स्थान भई बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।