विराटनगर । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौँ लगिएको छ ।
मंगलबार साढे ५ बजे हेलिकोप्टरमार्फत सबैको शव त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको हो प्रहरीले जनाएको । मंगलबार विहान सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाकै मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।
काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो । सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
होलिकोप्टरमा चालकबाहेक सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ। हेलिकोप्टर क्याप्टेन चेतबहादुर गुरूङले उडाएका थिए।
हेलिकोप्टर लिखुपिके गाउँपालिका( ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् । उनीहरू सबै मेक्सिकन नागरिक हुन् ।

