विराटनगर । झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन ।
गौरादह नगरपालिका ९ झमकचोक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो ।
अधिकारीले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा करणी गरेको उजुरीका आधारमा नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

