विराटनगर । आइतवार बिहान करीब सवा १० बजेबाट सम्पर्कविहीन बनेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय वासिन्दाले बताएका छन ।
लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी कान्छा शेर्पाले बताए ।
लामाले आफनो चौँरी गोठबाट करीब ५० मिटरको दुरीमा दुर्घटना भएको बताए । लामाका अनुसर प्रहरी घटनास्थलमा पुगेको छ ।
धुपीसल्लाको रूखमा ठोक्किएर सिमलको झाडीमा खसेको उनले बताए । उनले ५ जनाको शब आफुले देखेको पनि बताए ।

