विराटनगर । सोलुखुम्बुबाट आज विहान काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
मंगलबार बिहान ९ बजेर ५२ मिनेटमा सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार १० बजेर १२ मिनेटमा हेलिकप्टर सम्प्र्कविहिन भएको हो । हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु छन् ।
लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।
हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेकोमा त्यसपछि सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले जानकारी दिए । पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर सम्पर्कमा नआएको बताइएको छ ।

