गायिका रचना रिमालको‘ फर्की आउँ मेरो हजुर ’ सार्वजनिक

विराटनगर ।  गीतकार प्रमीला बस्नेतको शब्दमा रहेको ‘फर्की आउँ मेरो हजुर ’ सार्वजनिक भएको छ । उनको रचनामा रहेको नयाँ गीत ‘फर्की आउँ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको हो ।

गायिका रचना रिमालको आवाजमा रहेको गीतमा हजारौँ सपना बोकेर परदेशमा गएका श्रीमान् र स्वदेशमा भएकी श्रीमतीले संघर्षलाई गीतमा देखाइएको छ । परदेशी भूमिमा गरेको परिश्रम र स्वदेशमा डाँडा पाखामा घाँस दाउरा गर्दै आफ्नो जीवन यापन गरिहेरेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ ।

गीतमा मायालु जोडी बिचको प्रेम प्रसङ्गलाई समेटिएको छ । मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा श्रोताको मनमा बस्न सफल हुनेमा आफू आशावादी रहेको गीतकार प्रमीलाले बताइन । मौलिक पन र नेपाली माटो र धरातललाई गीतमा समेट्न खोजिएको छ ।

विकाश चौधरीको सङ्गीत तथा रुपन सिंह गुरुङको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायाङ्कन ,वीर बहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन रहेको छ । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्र समन्वय परिषद् (एनआरएनए आइसिसी) क्यानडाकी मानार्थ सदस्य समेत रहेकी गीतकार बस्नेतले यसअघिका गीतहरूलाई पनि दर्शकले धेरै मन पराएका थिए ।

सोमबार, २५ असार, २०८०, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर