एसइईको नतिजा सार्वजनिक हुँदै

विराटनगर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को परीक्षा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

आज बसेको बोर्ड बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सहायक परीक्षा नियन्त्रक भक्तबहादुर गोदारका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भएको र अहिले निर्णय लेख्ने काम भइरहेको बताए । बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर निर्णय सार्वजिनक गरिनेछ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए ।

बिहिबार, २१ असार, २०८०, दिउँसोको ०३:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर