संखुवासभा । बाल वातावरण केन्द्र नेपालले विपन्न विद्यार्थीलाई शैक्षिकसामाग्री वितरण गरेको छ । मंगलबार संखुवासभाको खाँदबारी नगरपालिका –७ बेलडाडाँ स्थित जनचाहना आधारभूत विद्यालयका विद्यार्थीलाई बाल वाततावरण केन्द्रले शैक्षिक सामग्री वितरण गरेको हो । विपन्न बालबालिकालाई झोला, कापी, कलमलगायत शैक्षिक सामग्री वितरण गरिएको बाल वातावरण केन्द्र नेपालका अध्यक्ष रक्माङ्गत काफ्लले जानकारी दिए ।
न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने अध्यक्ष काफ्लले बताए ।
शैक्षिक सामग्री पाएपछि विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताइन् । कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको उनको भनाइ छ ।
बाल वातावरण केन्द्र नेपालले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई झोला, कापी, कलम हस्तान्त्ररण गरेको छ । उक्त विद्यालयमा ४० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

