विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल साबित भएको विराटनगरस्थित मेरिल्यान्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान पुरस्कार प्रदान गरेको छ । कलेजले शिक्षा क्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिवार काठमान्डौमा भएको एक कार्यक्रम बिच कलेजलाई सम्मान गरेको हो ।
देशभरिका उत्कृष्ट मावि लाई हरेक वर्ष फोकस र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम गरेको भन्दै सम्मान गर्दै आएको छ । मेरिल्यान्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देशकै एक अग्रणी शैक्षिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।
मेरिल्यान्ड कलेजका डाइरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सम्मान पत्र ग्रहण गरेका थिए ।
सम्मान पत्र पूर्व मन्त्री अर्जुन नरसिंह केसीले हस्तान्तरण गरेका थिए । मेरिल्यान्ड कलेज विराटनगरको एक व्यवस्थापन मात्र पढाई हुने एक उत्कृष्ट शैक्षिक संस्था मानिँदै आएको छ ।