काठमाडौँ ।  अर्घाखाँचीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका – १का १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ बर्सिया मञ्जु रास्कोटीको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए ।

बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् । सचिन रास्कोटी सामान्य घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । तीन वटा शव निकालिएको प्रहरीले जनाएको छ । लगातारको झरीले बिहान साढे पाँच बजेको समयमा घरमाथिबाट खसेको ढिस्कोले घरको आधा भाग पुरेको छ।