वर्तमान कोशी प्रदेश सरकारको पक्षमा मतदान गर्दैनौँ : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले वर्तमान कोशी प्रदेश सरकारको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष यादवले सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् । मुख्यमन्त्री हिक्मत कार्कीले जसपाका गैरसांसद समेतलाई मन्त्री बनाउने आश्वासन दिइरहेका बेला यादवले सरकारको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका हुन् ।

‘हाम्रो माननीयले पक्षमा मतदान गर्नु हुँदैन,’अध्यक्ष यादवले भने‘मैले प्रदेश कमिटीलाई निर्णय गर्न भनेको छु । विपक्षमा मतदान गर्ने विषयमा छलफल भइरहेको छ ।’

मधेश प्रदेशमा जसपालाई विना सर्त एमालेले सघाएको भन्दै कार्कीले संसद् बैठक छोडेर जसपाका नेताहरूलाई सघाउन आग्रह गरेका थिए । कोशी प्रदेशमा जसपाको एक मात्रै सांसद छन् । तर उनले गैर सांसदलाई समेत मन्त्री बनाउने आश्वासन दिएको जसपाका एक, नेताले बताए ।

मुख्यमन्त्री कार्कीले जसपाका निवर्तमान प्रदेश सांसद जयराम यादव र वर्तमान प्रदेशसभा सदस्य निर्मला लिम्बूलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री नआएपछि आधा घण्टाका लागि स्थगित गरिएको कोशी प्रदेशसभा बैठक शुक्रवार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

दिउँसोसम्म तटस्थ बसेको जसपाले पक्षमा मतदान नगर्ने भएपछि कार्की नेतृत्वको सरकार ढल्ने लगभग पक्काजस्तै छ ।

एमाले र राप्रपाबाहेकका ४६ सांसदहरूले मात्रै विश्वासको मत दिने बताएका छन् । कोशी प्रदेशमा राप्रपा पनि सत्ता मै छ ।

राप्रपाका ६ सांसद छन् भने एमालेका ४० सांसद छन् । एमाले र राप्रपाबाहेक कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा ९एकीकृत समाजवादी०का ४ गरी ४६ सांसद छन् ।

बिहिबार, १४ असार, २०८०, रातीको १०:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर