विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोली बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न माग गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् ।
विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र पठाएको सभामुख बाबुराम गौतमले बताए ।
संसदमा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री हिंडेका थिए । मुख्यमन्त्री नआएपछि अधा घण्टाका लागि स्थगित गरेको बैठक सुरू हुन सकेको छैन । उनले यसअघि सभामुखलाई फोन गरेर थप एक घण्टाको समय मागेका थिए । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु सहित मुख्यमन्त्री कार्यालयमा छलफल गरिरहेको बुझिएको छ । एमालेको पत्र आएपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको सभामुख गौतमले बताए ।