विराटनगर । काेशी प्रदेशका मुखयमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत माग्दै काेशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् ।

नेकपा एमाले संसदीय दलकाे तर्फबाट पत्र लेख्दै उनले प्रदेश संरचनाकाे स्थायित्व, सुशासन र नागरिककाे अपेक्षा पूरा गर्नका लागि र पटकपटक सरकार परिवर्तनकाे खेलले नागरिकमा निराशा उत्पन्न हुने बताएका छन् ।

उनले पाँच वर्षसम्म सरकार संचालन कसरी गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेकाे पनि बताएका छन् ।