सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने एमाले संसदीय दलको निर्णय

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सहमतिको सरकार बनाउन सबै दललाई आग्रह गर्ने निर्णय गरेको छ । बुधवार संसदीय दलको कार्यालयमा बसेको बैठकले सहमतिको सरकार बनाउन आह्वान गर्ने निर्णय गरेको प्रमुख सचेतक रेवतिरवण भण्डारीले जानकारी दिए ।

प्रदेशलाई अस्थिरताबाट जोगाउनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूलाई सहमतिको सरकार बनाउन आग्रह गर्ने निर्णय गरेको गरिएको सचेतक भण्डारीले बताए ।

मुख्यमन्त्री हिकमतकुमार कार्कीले बिहीवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । ‘भोलि बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुहुन्छ,’ प्रमुख सचेतक भण्डारीले भने, ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै दललाई आग्रह गर्ने निर्णय पनि गरेका छौं ।’

मुख्यमन्त्री कार्कीले यसअघि नै सहमतिको सरकार बनाउन आग्रह गरेका थिए । तर आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने उनको अडान छ ।

सरकार संकटमा परेपछि मुख्यमन्त्री कार्कीले सहमतिको सरकारको कुरा उठाएका हुन ।

बुधबार, १३ असार, २०८०, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर