प्रधानमन्त्रीको एमाले सचेतक गिरीलाई जवाफ : विकासको तुफान आएको छैन तर आउने वाला छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, नेपालमा चाँडै विकासको तुफान आउन सक्ने तर्क गरेका छन् ।

एमाले सांसद पदम गिरीले प्रतिनिधि सभामा देश विकासबारे उठाएको प्रश्नमा व्यङ्ग्यात्मक जवाफ दिएका प्रधानमन्त्रीले भने ‘पदम गिरीले देशमा विकासको तुफान नै आएको जसरी प्रस्तुत हुनु भयो । मैले तुफान आएको भनेकै हैन । मैले हामी सबैले दृढताका साथ सुशासन र विकासको लागि काम गर्ने हो भने असम्भव छैन भन्न खोजेको हो ।’

निराशा र कुण्ठाको राजनीति नगर्न सचेत गराएका उनले विश्वास र दृढतापूर्वक काम गर्ने हो भने देशमा चाँडै विकासको मुल फुट्ने दाबी गरे ।

उनले भने ‘मैले निराशा र कुण्ठा हैन अविश्वास र आशंका हैन विश्वास र दृढताको लागि अपिल गरेको हो, तुफान आईसकेको छैन्। तर अहिले जसरी काम सुरु भएको छ । त्रिदेशिय साँझेदारी १० वर्षमा १० हजार मेगावट या अरु कामहरु जसरी सुरु भएका छन् । यसरी जाने हो भने तुफान आउन चाहीँ सक्छ नेपालमा छिटै । ’

योजना आयोगलाई अझै प्रभावकारी बनाउन राजनीतिक तहमा पनि सरकारमा पनि नयाँ छलफल सुरु गरेको उनको भनाई छ ।

बुधबार, १३ असार, २०८०, दिउँसोको ०२:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर