स्नेहा खरेल
दालचिनी हाम्रो भान्छामा सजिलै पाइने मसला हो । आयुर्वेदमा दालचिनीलाई औषधि मानिएको छ । दालचिनीको रुखको बोक्रालाई मसलाको रूपमा प्रयोग गरिन्छ । यसैलाई औषधिका रूपमा पनि प्रयोग गरिन्छ । दालचिनीको बोक्रा केही बाक्लो, चिल्लो तथा खैरो रंगको हुन्छ । दालचिनी सुवासिलो र मीठो हुन्छ । यसलाई प्रायः चियामा राखेर खाने गरिन्छ । यसमा फाइबर, क्याल्सियम तथा आइरनको मात्रा बढी हुने गर्दछ ।
यसले विभिन्न परिकार स्वादिलो बनाउने मात्रै होइन, विभिन्न रोगबाट बचाउने तथा उपचारको काम पनि गर्छ । आयुर्वेदिक, यूनानी र चाइनीज मेडिसिन बनाउन दालचिनीको प्रयोग हजारौँ वर्षदेखि भैरहेको पाइन्छ । आज पनि यसलाई कैयौँ रोगको उपचारमा प्रयोग गरिन्छ । दालचिनीले मोटोपन कम गर्नुका साथै अन्य थुप्रै समस्यामा समेत फाइदा पु¥याउँछ । यसलाई रगत सफा पार्ने औषधि मानिन्छ । यसलाई नियमित राति सुत्नुअघि र बिहान खाली पेटमा एक गिलास तातोपानीसँग सेवन गर्नाले स्वास्थ्यमा निकै फाइदा पुग्छ । ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ ।
यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ । एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, पेस्ट बनाइ खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । यसबाट हृदयघातको जोखिम कम हुन्छ । अपच, ग्याष्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ । यस्तो समस्या भएका व्यक्तिले हरेक दिन १ गिलास पानीसँग आधा चम्चा दालचिनी पाउडर खाएमा राम्रो हुन्छ । पेटमा हुने इन्फेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ ।जोर्नीहरूमा लगाउँदा जोर्नी दुख्ने समस्या कम हुने गर्छ । क्यान्सरको उपचार तथा क्यान्सर हुनबाट रोक्का लागि पनि प्रयोग गर्ने गरिएको छ । यसमा क्यान्सर सेलको विकास तथा विस्तारलाई रोक्ने क्षमता हुने अध्ययनले देखाएको छ । शरीरमा रक्त सञ्चार नियमित हुने गर्छ । यसले गर्दा मेटबोलिजम रेट बढ्छ, जसले मोटोपन कम गर्न सहयोग मिल्छ ।
दालचिनीलाई विश्वका ७ उत्कृष्ट एन्टिअक्सिडेन्ट मध्ये लिने गरिएको छ । यसको प्रयोगले शरीरमा रहेका मृत कोष हट्ने र छालाको सुन्दरता राम्रो हुन्छ ।
यस्तै यसमा हुने एन्टिब्याक्टेलिय गुणले दाँत तथा गिँजालाई स्वस्थ राख्न सहयोग गर्छ । दाँत मसाज गरेमा दाँत तथा गिँजा सम्बन्धी समस्या कम हुन्छ ।
दालचीनी घरेलु औषधोपचारमा पनि उतिकै महत्वपूर्ण छ :
१.रुघाखोकीको ज्वरोमा ः एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो, पाँच वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
२. घाँटी बसेमा : सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।
३. दम खोकीमा : आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चार वटा कण्ठकारीको फल, दुई चम्चा मिश्री, एक माना पानीमा पकाउने र एक चौथाइ भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक बिहान, दिउँसो, बेलुका खाने गरेमा ठीक हुन्छ ।
४. सुन्निएको : छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुहोस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नाले फाइदा हुन्छ ।
५. चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाइ बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ ।
तसर्थ हाम्रो घरमा सजिलै पाइने दालचिनीको यति धेरै फाइदा हुदाहुदै पनि यसलाई बेवास्ता गर्नु माल पाएर चाल नपाउनु भनेझैं भएको छ ।
दालचिनीको प्रयोगले weight loss गर्छ कि गर्दैन