काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भ गृहको जलहरी प्रकरणको सत्यतथ्य कुरा संसदमा जानकारी गराउन माग गरेका छन् ।
सोमवार प्रतिनिधिसभाको सुन्य समयमा उनले सम्बन्धित निकायले मन्दिरको सुन जोखेकोमा कति हरायो र कति बाँकी छ भन्ने कुराको जानकारी सदनमा गराउन माग गरेका हुन् ।
उनले भने,‘ पशुपतिनाथ मन्दिरमा परिसरको गर्भ गृहको जलहरीको बारेमा देशका प्रमुख मिडियामा प्रश्न उठेको छ भएको के हो त्या ?पशुपतिनाथ क्षेत्र विकास कोेष, प्रहरी सुरक्षा निकाय, सुन चाँदी व्यवसायी संघ लगायत सम्बन्धित निकायले सुनको खोजी गरी जोख्दै हुनुन्छ सुनेका छौ । ट्रकमा ल्याउने सामान हो र जोख्न?कति सुन हराएको हो ?कति बाँकी छ ?यो कुरा सत्यतथ्य जानकारी सम्बन्धीत निकायलाई गराउँन अनुरोध गर्छु ।’

