मनमोहनमा ब्याचलर अफ फार्मेसीको कक्षा सुरु

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले मेडिकल र स्वास्थ्यतर्फ औषधी विज्ञानमा स्नातक तहको पठनपाठन सुरु गराएको छ ।
दुई बर्ष अघिदेखी नै ईन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेको मनमोहनले चालु शैक्षिक सत्रदेखी औषधी बिज्ञानतर्फको स्नातक तह ‘बि—फार्मेसी’ ( ब्याचलर अफ फार्मेसी) को पठनपाठन सुरु गराएको हो ।

स्कुल अफ मेडिसिन एण्ड एलाईड हेल्थ विभागले ‘बि—फार्मेसी’ पढनका लागि भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेर यही असारदेखी नियमित कक्षा पनि सुरु गराइसकेको मनमानेहन प्राविधिक विश्वबिद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उनका अनुसार चार बर्षे स्नातक तहको बि फार्मेसी कोर्ष पढन मोरङ , सुनसरी , पर्सा , सप्तरी लगायतका जिल्लाबाट बिद्यार्थीहरु भर्ना भएका छन ।
विभागिय प्रमुख शाही बिजय रिजालका अनुसार चार बर्षे ‘बि—फार्मेसी ’ कोर्ष कुल ८ सेमेष्टमा पढाई हुनेछ । कोर्षमा सैद्धान्तिक भन्दा बढि अनुसन्धान सहितको प्रयोगात्मक कक्षामा जोड दिइएको छ ।

४० को कोटा माग्दा १० जनाको मात्र अनुमति

विश्वविद्यालयका बोर्ड सदस्य सत्यनारायण चौधरीले मेडिसिन एण्ड हेल्थ साईन्सका लागि ४० जना बिद्यार्थी पठनपाठन गराउनका लागि अनुमति मागेपनि मेडिकल काउन्सिलले १० जना मात्र बिद्यार्थी पठनपाठन गराउन अनुमति दिएको बताए । उनले प्रदेश स्थापना भएपनि अझै नियम कानुन केन्द्रित हुँदा प्रदेशमा स्थापना भएका विश्वविद्यालयहरु पुर्ण रुपले स्वायत हुन नपाएको गुनासो गरे । मनमोहनले मेडिकल र स्वास्थ्य विज्ञानतर्फको पठनपाठनका लागि अलग्गै सुबिधा सम्पन्न भवन निर्माण गरेर आधुनिक ल्याब पनि स्थापना गराएको छ ।
प्राकृतिक चिकित्सातर्फको स्नातक तह पनि चाँडै सुरुहुदै

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालय कोसी प्रदेश सरकारले २०७६ असोजमा स्थापना गरेको हो । यो विश्वबिद्यालयमा हाल ईन्जिनियरिङ र पारामेडिकलतर्फ स्नातक तहको पठनपाठन भैरहेको छ । उपकुलपति पोखरेलका अनुसार पाठयक्रम तयार भैेसकेकोले यो विश्वविद्यालयले चाँडै प्राकृतिक चिकित्सातर्फको स्नातक तहको कक्षा पनि सञ्चालन गराउने तयारी गरिरहेको छ ।

दक्षिण एसियामै चिनिएको विश्वद्यिालय बनाउने लक्ष्य

देशकै १३ वटा विश्वविद्यालय मध्ये पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले सन २०३० सम्ममा विभिन्न २८ वटा प्राविधिक बिषयमा स्नातक तहदेखी पिएचडी सम्म पढाई सञ्चालन गर्ने योजना बनाएको छ । उपकुलपति डा सुभाषश्रीका अनुसार आगामी पाँच बर्ष भित्र एमटीयू दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुनेछ । उनका अनुसार एमटियूले क्रमश आईटी, पारामेडिकल , पब्लिक हेल्थ, फार्मेसी , नेचुरोप्याथी, ईन्भाइरोमेन्ट हेल्थ , नेचुरल रिर्सोस एण्ड डेभलपमेन्ट ,इनोभेसन एण्ड मेनेजमेन्ट लगायतका बिषयमा १५ सय बढी बिद्यार्थीहरुलाई स्नातकदेखी स्नातोकोत्तर तहसम्म पठनपाठन गराउने छ । यसैगरि सन २०८३ देखी २०८७ सम्म बायोमेडिकल , अटोमोवाइल , एग्रिकल्चर , फरेष्ट्री, अप्टोमेट्री , होटल मेनेजमेन्ट , ट्रान्सपोटेसन , टनेल लगायतका बिषयमा स्नातोकोत्तर सम्म र ५ वटा बिषयमा पिएचडी सम्मको कक्षा सञ्चलान गर्नेछ । देशमा सञ्चालन भएका उद्योग व्यवसाय सुहाउँदो जनशक्त्ति उत्पादन गरेर स्वदेशमै रोजगारी सृजना गरि बिदेशी जनशक्त्तिको अयात घटाउने लक्ष्य एमटियुको छ ।

बिहिबार, ०७ असार, २०८०, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर