सांसद श्रेष्ठले हात जोडेर आग्रहगरिन् :  राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौं

काठमडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमनाश्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवशनबनाउनसरकारसँग हात जोडेर आग्रह गरेकी छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवशनबनाउनसांसद श्रेष्ठले हात जोडेर सरकारसँग आग्रह गरेकी हुन् ।
‘राजनीतिकदलहरूकाभ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमावास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछाको मिचाइमा परिरहेका छन्। राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवशनबनाऔं । उनले हात जोडेर भनिन्, प्लिजविवशनबनाऔं। उहाँहरूलाई होस्टेज नराखौं। त्यसैले म मागपनि गर्न चाहन्छु।’

भ्रातृ संगठनहरू जरूरी नभएको भन्दै सांसद श्रेष्ठलेविद्यार्थीहरूलाई राजनीतिमानतान्न अनुरोध समेत गरिन् ।

बुधबार, ०६ असार, २०८०, दिउँसोको ०३:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर