विराटनगर । सबै जातजातिको पोसाक देखी घरायसी सामाग्री उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आएको छ ।

विराटनगर ९ स्थित हिमालय रोडमा मङ्गलवार वाट विधिवत् रूपमा एक कार्यक्रम बिच संचालनमा ल्याइएको छ ।

विराटनगरकी युवा महिला उद्यमी सुप्रिया श्रेष्ठले विराटनगरमा फरक शैलीको आकर्षण डिजाइन सहित बनाइएको कल्चर हाउसको महिला उद्यमी संघ च्याप्टर मोरङकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

विभिन्न जातजातिका लोप हुँदै गएका पुराना गरगहना , पोसाक र घरायसी प्रयोजन तथा साजसज्जवटको लागी वस्तुहरू उचित मूल्यमा उपलब्ध हुने ‘विराट कल्चर हाउस’ की सञ्चालिका सुप्रिया श्रेष्ठले जानकारी दिनुभयो ।

विराटनगरमा नै पहिलो पटक आफ्नो संस्कृति भेसभुसा झल्काउने किसिमका पोसाक तथा गरगहना उपलब्ध गराउने उद्देश्यका साथ संचालनमा ल्याएकाले अब बाहिर जानुपर्ने बाध्यताबाट मुक्त हुने कार्यक्रमकी प्रमुख अतिथि महिला उद्यमी कृति श्रेष्ठले बताउनुभयो ।

विराटनगरमा आफ्नो कल्चर जगाउने उद्देश्यका साथ ल्याइएको विराट कल्चर हाउसलाई आगामी दिनका लागी श्रेष्ठले शुभकामना दिनुभयो ।

आजबाट संचालनमा ल्याएको कल्चर हाउसमा सामान किन्नपर्छ भन्ने छैन एक पटक आएर अवलोकन गरी सर सल्लाह दिन समेत सञ्चालिका श्रेष्ठले अनुरोध गरिन ।

उद्घाटनको अवसरमा खरिद गर्ने ग्राहकहरूलाई १० प्रतिशत सम्म छुटको व्यवस्था समेत गरिएको छ । कल्चर हाउसमा काठको ठेकी, तोङ्वा, थुन्छे, डालो, नाङ्लो, पेरुङ्गो , सिलाम साक्मा, ढाकाका कपडा, नेपाली झन्डा, मादल, मुर्चुङ्गा बिनायो, राई लिम्बु, मगर , गुरुङ, नेवार, तामाङ, सेर्पा , राजवंशी लगायत अन्य लोपोन्मुख जातजातिका मौलिक पोसाक साथै साज सज्जावटका सामाग्री उपलब्ध हुने ‘विराट कल्चर हाउस’ले जनाएको छ ।