लोड हुँदैछ...

मेनु

बाल सुधार गृहभित्र गम्सिएका उर्जाशिल उमेरहरु….

बाल सुधार गृहभित्र गम्सिएका उर्जाशिल उमेरहरु….

‘बालकैमा दिल बस्यो गौथली
नभागौ त मनमा भो खुलदुलि
भागौ भने बालबिबाहको मुद्दा चलानी

गीतका हरफ र प्रकाश विक ९नाम परिवर्तन० को जीवन कहानी उस्तै—उस्तै भन्दा फरक नपर्दो हो । उनलाई उमेर नपुगी विवाह गर्दा मुद्दा चल्छ भन्ने ज्ञान समेत थिएन । त्यही अन्जान र अनविभज्ञताका कारण अहिले उनी कानुनी आधारमा दोषी ठहर भएका छन् ।

धनकुटाका  २० वर्षीय  जीवन र सखुवासभाकी  १४ वर्षीया दुर्गा ९नाम परिवर्तन० को ख्यालख्यालैमा माया बस्यो ।  दुर्गा कक्षा ७ मा अध्ययन गर्दै थिइन् प्रकाश गाडी चालकको काम गर्थे ।   घरको जेठा छोरा बुवाआमा र भाईबहिनीको जिम्मेवारी कलिलो काँधमा बोकेर  हिँडेका उनी किताब बोक्ने हात गाडीको  स्टेरिङ सम्हाल्न पुगे ।  उनी त्यही आफूले सम्हालेको जिम्मेवारी पुरा गर्दै  र कम्जोर परिवारको भरथेग बनेको गाडी लिएर संखुवासभा पुग्ने गरेका थिए । यात्रुलाई गन्तव्यमा पु¥याउने जिम्मेवारीको क्रममा संखुवासभा पुगेको प्रकाश र दुर्गाको  समान्य बोलचालबाट कलिलो उमेरमा झाँगिदै गरेको प्रेम विवाहमा परिणत भएको थियो ।

सुखदः दाम्पत्य जीवन र उज्जल भविष्यको सपना सजाएर विवाह बन्धनमा बाँधिएका उनीहरु विवाह गरेको केही समयपछि वियोग र  प्रशासनिक सजाय बेहोर्नुपर्छ  भन्ने उनले सोँचेको पनि थिएनन्  ।  विवाह गरेको  ११ महिनापछि उनको श्रीमतीको बुवाले दिएको जाहेरीका आधारमा पक्राउ परेका  प्रकाश  धनकुटा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि बाल सुधार गृह विराटनगरमा छन् ।  उनी बाल सुधार गृहमा आँउदा  १८ वर्षका थिए । अहिले दुई वर्षदेखि सजाय काट्दै आइरहेका छन् । ‘मैले मेरी श्रीमतीलाई अहिले नै विवाह नगरौँ भनेको थिए, उनको जर्बजस्तीले विवाह गरियो ठिकै चलिरहेको थियो ११ महिनापपिछ उनको बुवाले  मुद्दा हाल्दिनुभयो,‘ उनी भन्छन्,‘नानी पनि जन्मेको छ, श्रीमती माइत गइन रे म यहाँ छु ।’  त्यसो त उनलाई उमेर नपुगी विवाह गर्नु हुन्न भन्ने थाहा नै नभएको बताउछन् ।   श्रीमतीको बुवाले  ससुराली घरमा बोलाउदा आफ्नो  घरको समस्याले बोलाएको समयमा जान नसक्दा  रिसले मुद्दा हाल्दिएको उनले सुनाए ।   प्रेम र सम्बन्धलाई आफन्तले नबुझिदा सजाय बेहोर्नुपर्ने बाध्यता आइलागेको बताउने उनी  अदालतले १८ वर्षको सजाय तोकेको थियो तर घटेर  १२ बनाइदिएकाले २ वर्ष वित्दै गर्दा झै १० वर्ष  वर्ष सजाय जीवन काट्नुपर्ने उनी बताउछन् ।

जीवनको उर्जाशिल उमेर सजायको भागेदार हुँदै बिताउनुपर्ने बाध्यता आइलागेको प्रकाशलाई आफू कुन कसुरमा सजाय बेहोरिरहेको छु भन्ने अझै भ्रम हो या यथार्थ भन्ने दोधारे प्रश्नले सताउने गरेको बताउछन् ।  उनी भन्छन्,‘ म यहाँ छु, नानीको बिजोक परिवारको जिम्मेवारी मेरो काँधमा थियो ।’  अहिले सुधार गृहमा पाँच कक्षामा अध्ययन गर्दै गरेको प्रकाश  सजाय बेहोरेर  बाहिर निस्किएपछि के गर्ने भन्ने लक्ष्यबिहिन रहेको सुनाउछन् ।

यस्तै,  पाँचथरका नबिन तामाङ ९नाम परिवर्तन० १६ वर्षको उमेरमा एउटै विद्यालयमा अध्ययन गर्ने  १६ वर्षिया बिमला ।९नाम परिवर्तन० सँग विवाह बन्धनमा बाँधिएका थिए ।विवाह गरेको भोलिपल्ट श्रीमतीको दिदिले जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोहीअनुसार बालबिवाह र जर्बजस्ती करणीको अभियागमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि  ४ वर्ष देखि बालसुधार गृहमा छन् ।  ११ कक्षामा अध्ययन गर्दै आएका उनी सजाय काटेर घर फर्किएपछि के गर्ने भन्ने सोँच नै नभएको सुनाउँछन् । जीवनको उर्जाशील उमेर र केही गरौँ भन्ने चाहाना  सुधारगृहको काँडेतारभित्रै बित्ने हुँदा पनि  भविष्यको मार्ग चित्र कस्तो बन्ला भन्ने कल्पना नै नगरेको उनको अनुभव छ । विवाह गरेपछि श्रीमतीसँग र परिवारसँग खुसी साट् नपाई प्रहरी हिरासतमा दिन काट्दाका समय  उनका लागि नमेटिने सम्झना बनेको छ ।
‘एउटै स्कुलमा पढ्नेसँग माया बस्यो उनी १० मा पढ्थिन् म ११ कक्षामा मैले नभागौं त भनेको थिएँ तर, विवाह गरिहाल्यो,’ उनले भने, ‘घरमा विवाहको खुसी राम्रोसँग बाँड्न नपाइ मलाई भोलिपल्ट नै प्रहरीले पक्राउ गरेको थियो बालबिवाह गर्नु हुँदैन भन्ने थाहा थियो । तर, यस्तो सजाय पाइन्छ भन्ने थाहा थिएन ।’

कथामा उल्लेखित प्रकाश र नबिन बाल सुधार गृहमा भेटिएका घटनाका प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरु जस्तो धेरैले सानै उमेरमा प्रेममा परेर विवाह बन्धनमा बाँधिएपछि खुसी र जीवनको उर्जाशील उमेर सुधारगृहको काँडेतार र चारकोठाभित्र तिलान्जली दिनुपर्ने बाध्यता बोहोर्नुपरेको छ । कतिको लक्ष्य, गन्तव्य त्यहींभित्र गुमनाम भएका भेटिन्छन् त कति परिवारको प्रेम र साथबाट वियोग हुँदा आँखाका डिलमा खस्न नसकेको आँशुभित्र नै लुकाउन बाध्य भएको भेटिन्छन् ।

जनचेतनाको अभाव

धेरैजस्तो जनचेतना र अशिक्षाका कारण बालविवाह गर्ने गरेको सुधार गृहका प्रमुख मिलन चौहान बताउँछन् । उनले बालबालिकासँगै अभिभावकलाई समेत सचेतनामूलक कार्यक्रमहरु प्रदान गर्नुपर्ने बताए । ‘धेरै जस्तो चेतनाको र अशिक्षाका कमी पनि छनर । यस्तो मुद्दामा योसँगै अभिभावकलाई पनि चेतना दिने   कार्यक्रममा सहभागी गराउन जरुरी छ,’ उनले भने, ‘कानुनी सजाय तर्फ जाँदा दुवै पक्षका बालबालिकाको भविष्य डामाडोल हुने अवस्था सिर्जना हुन्छ यसले गर्दा सबै सचेत हुन जरुरी छ ।’ बाल सुधार गृह मोरङको तथ्याङ्क अनुसार  जबर्जस्ती करणीमा १०४  वटा मुद्दा रहेका छन्,  जसमा बालविवाहमा एक जना  छन् ।

ऐन संशोधन गर्नुपर्छ

ऐन संशोधन नभएसम्म बालविवाह र जबर्जस्ति करणीको दोहोरो मुद्दा लाग्ने व्यवस्था भइरहने अधिवक्ता शंकर लिम्बू बताउँछन् ।उनी भन्छन्, ‘यसमा ऐन नै संशोधन गर्नुपछ, संशोधन नगरेसम्म यस्तो भइरहन्छ ।’यो फौजदारी न्यायको त्रुटी  रहेको बताउँदै उनले  दुई वटा सजाय हुँदा ‘लाइफ डयामेज’ हुने हुँदा  यो कानुनको खराबी नै रहेको बताउँछन्  । ‘अहिले वायलोजिकली कुरा उठाएको छ १८ वर्षमा परिपक्व हुन्छ भन्ने यसमा हेर्दा जानीजानी बालविवाह गर्दा एउटा कुरा हुन्छ भन्ने छ’ उनले भने, ‘एउटा सजाय पाएपछि त्यही मुद्दामा दोहोरो सजाय नहुने गरी बनाउँदा कम हुनसक्छ ऐन नै संसोधन गर्नुपर्छ ऐन सशसोधन नगरेसम्म यस्तो दण्ड सजाय भइरहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।