चार दल मिलेर भोलि समाजवादी मोर्चा घोषणा गर्ने

काठमाडौँ । सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेकोे (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका छन ।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिल्यैदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारे संवाद गर्दै आएका थिए।  मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ। यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ।

सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ।

आइतबार, ०३ असार, २०८०, साँझको ०७:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर