विराटनगर । विराटनगरका विभिन्न स्थानमा बुधबार राति आएको हावाहुरीले बुधबार रातिदेखि अवरुद्ध विराटनगरको विद्धुत सेवा अझै सुचारू हुन सकेको छैन ।

हावाहुरीले विद्युतका पोल ढाल्दा विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको नेपाल बिद्युत प्राधिकरणले जनाएको थियो ।

साँझ साढे ६ बजेसम्म विद्धुत आएको छैन । जसका कारण औद्योगिक क्षेत्रमा कलकारखाना, छापाखाना, गार्मेन्ट उद्योगलगायत विद्युतबाट सञ्चालन हुने कामहरु सबै ठप्प भएका छन् । गर्मीका कारण सर्वसाधारण पनि प्रभावित बनेका छन् । विराटनगरको अहिलेको तापक्रम ३१ डिग्री भन्दा बढी छ । ढालेका पोलहरुको मर्मत भैरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको छ ।

विद्युतको समस्या देखिएको ठाउँमा मर्मतको लागि कर्मचारीहरु खटाइएको प्राधिरणको भनाई छ । मर्मतको काम सकिएपछि विद्युत आउने बताइएको छ ।