प्रेस सेन्टर नेपालले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

प्रेस सम्वद्ध मागप्रति सरकार गम्भीर छ : प्रधानमन्त्री

काठमाडौं । प्रेस सेन्टर नेपालले आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ साधारणसभाको निर्णय अनुसार नै प्रधानमन्त्री प्रचण्डलाई ध्यानकाकर्षण पत्र बुझाएको हो । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिले अध्यक्ष विष्णु सपकोटाको नेतृत्वमा प्रधानमन्त्रीको निवास बालुवाटारमा विहान ध्यानकर्षण पत्र बुझाएको हो । आज देशैभर सरकार प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा संगठको केन्द्रीय समितिको तफबाट पेश गरिएको पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले प्रेस सम्बद्ध मागहरुप्रति सरकार गम्भीर भएको बताए । उनले सरकारले पत्रमा उल्लेख गरिएको विषयहरुप्रति सरकरको गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरकार प्रतिवद्ध र गम्भीर रहेको छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले परिवर्तन र जनपक्षीय पत्रकारीतामा प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै अहिले परिवर्तनविरोधीले फैलाएको भ्रम र वितण्डाहरुको डटेर प्रतिवाद गर्न अपील पनि गरे ।

उनले भ्रष्टाचारविरुद्ध सरकारले सम्झौताहिन लडाई लडिरहेको बताउँदै त्यसको लािग सरकार पछि नहट्ने बरु सरकार छाड्न तयार हुने बताए । प्रेस सेन्टरले ध्यानाकर्षण पत्रमा सरकारले लिएका नीति र कदमहरुबाट जनतामा राम्रो सन्देश गएको र सदन भित्र र बाहिरबाट शान्ति प्रक्रिया र परिवर्तनका एजेण्डाविरुद्धमा भएका गतिविधिहरुप्रति सरकारले गम्भीर कदम चाल्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले ती हर्कतहरुविरुद्ध सरकार गम्भीरर भएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नी सापकोटा, प्रधानमन्त्रीका राजनीीतक सल्लाहाकार हरिबोल गजुरेल, प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहाललगायतको उपस्थिति थियो । ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्युनतम पारिश्रमिक वृद्वि, पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएको छ । महासचिव पौडेलका अनुसार अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा आज देशैभर ध्यानाकर्षण पत्र बुझाइनेछ ।

बुधबार, ३१ जेठ, २०८०, दिउँसोको ०३:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर