बेलबारी । गर्मीका कारण पठनपाठनमा समस्या भएपछि बेलबारीको एक विद्यालयलाई पूर्व विद्यार्थीले पंखा हस्तान्तरण गरेका छन् ।

बेलबारी ९मा रहेको काली माध्यमिक विद्यालयलाई ४० थान सिलिङ पंखा हस्तान्तरण गरेका छन् ।

सोही विद्यालयका पूर्व विद्यार्थी हाल बेलायतमा बसोबास गर्ने हेमराज राईले पंखा हस्तान्तरण गरेका हुन् ।

बुधवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पंखा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र खड्का, वडाध्यक्ष सालिकराम बस्नेत, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।