विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निराश भएका युवालाई आशा जगाउने काँग्रेस चाहिएको बताएका छन् । मोरङको विराटचोकमा नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले भोलिको बारेमा आशा देखाउन नसक्ने नेतृत्व पाटीका कायकर्ता शुभचिन्तकले नचाएको बताएका छन् ।
कमजोर पार्टीको महामन्त्री हुनुभन्दा बलियो पार्टीको कार्यकर्ता हुनु वेश उनको भनाइरहेको छ । उनले सभापति शेर बहादुर देउवाले नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्नु पर्ने समेत बताएका छन् । कार्यक्रममा जानु अगाडी विराटनगर विमान स्थलमा सभापतिले पाटी र प्रधानमन्त्रीमा आस गर्नु नहुने बताएका थिए ।उनले भोलिको बारेमा आशा देखाउन नसक्नु नेतृत्वको कमजोरी रहेको थापाले बताए । उनले आगामी चुनावको चिन्ता भन्दा पनि काम गर्नु पर्ने बताएका छन् ।
‘२०८४ सालको चुनाव गाह्रो छ भने हाम्रै पाटीका नेता कार्यकर्ताले भनेको सुनेको छु । ३२९ पालिकामा काँग्रेसले जितेको छ । ५ प्रदेशमा ठुलो दल हाम्रो नै छ । केन्द्रमा पनि काँग्रेस सबैभन्दा ठुलो दल हो । थापाले अगाडि। चुनाव लड्न पार्टी स्थापना भएको हैन । समस्यालाई चिन्छ र आशा जगाउँछ । काँग्रेस अभिभावक हो । २०८४ को निर्वाचनमा मेयरको टिकट पालिकाका कार्यकर्ताले र वडाको उम्मेदवारको तय वडाले नै गर्न पाउनुपर्छ । अनि कसरी काँग्रेसले जित्दैन हेरौँ’ उनले भने ।
महामन्त्री थापाले कार्यकर्तालाई निराश नहुन समेत आग्रह गरेका छन ।

