विराटनगर । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश सहित चारवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै महाशाखाले केही दिनमै मौसम नेपाल भित्रने पूर्वानुमान गरेको छ। भारतको केरला हुँदै आउने प्रणाली बंगालको खाडी पुग्छ।
अहिले भुटानमा सक्रिय देखिएको मौसम केही दिनमा झापा हुँदै नेपाल भित्रन्छ।