विराटनगर । काेशी प्रदेशको विरानटगरमा शुक्रबारदेखि नै तापक्रम घट्न थालेको छ । बिहीबार अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस मापन हुँदा शुक्रबार ३६‍.९ मा झरेको थियो । शनिबार विरानटगरको अधिकतम तापक्रम घटेर ३५.३ डिग्री सेल्सियस छ ।

आइतबार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबारदेखि मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ ।

– कान्तिपुरबाट साभार