विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले आफूमाथि घर जाँदा केही मानिसले आक्रमण गरेको भन्दै दुःख व्यक्त गरेकी छिन् ।
विराटनगरमा आज आयोजित महिला पत्रकारहरूको लागि संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि तालिमको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो अधिकार खोज्नेहरूले अरूको अधिकारलाई पनि सम्मान गर्नुपर्ने धारणा राखिन् ।
आफ्नो माग राखिरहँदा अरुको अधिकारको पनि संरक्षण गर्नुपर्छ । कोशी प्रदेश सरकारले वार्ता टोली बनाएको भएपनि बार्ताको माध्यमबाटै समस्याको समाधान गर्नुपर्छ,झ उनले भनिन्, ञम आफ्नो घर जान नसक्ने अवस्थामा पुगेको छु। आजदेखि केही दिनकोलागि घर जानु हुँदैन की भन्ने लागेको छ । जनप्रतिनिधिलाई गाउँ जान नदिनु भनेको जनताको भावना माथिको खेलबाड हो ।झ
उनले कोशी प्रदेशको सांसद र सांसदलाई सचेत बनाउँदै विकास र समृद्धिमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताईन् । महिलाहरुलाई उपमा मात्र राखिएको भन्दै उनले प्रमुखमा आउन नदिईएको भन्दै त्यसकोलागि महिलाहरू आफैं अब्बल हुनु पर्ने जरुरी रहेको बताइन् ।
उनलाई पहिचानवादीहरूले हिंजाे उदयपुरकाे गाईघाटमा आक्रमण गरेका थिए । उनी चढेकाे गाडीकाे झण्डा झिकिएकाे र अहिलेसम्म नदिएकाे उनले बताईन् ।