निजामती सेवा ऐनलाई अघि बढाउने काम गरेको छु : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला मन्त्री अमनलाल मोदीले आफ्नो नेतृत्वले निजामती सेवा ऐनलाई अगाडि बढाउने काम गरेको जिकिर गरेका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा हालसम्म भएका काम कारवाही बारे जानकारी दिंदैमन्त्री मोदील ेसुशासनको पाटोलाई पनि बदलेको बताए।

उनले भने ‘ निजामती सेवा ऐनलाई अगाडि बढाउने काम गरेका छौं । लेखनको कार्य सरकार, कानून र अर्थमा पठाएका छौं । उहाँहरुको सहमति आउन बाँकी छ । त्यसैगरि शुसासनको पाटोमा काम गरिरहेका छौं । कतिलाई जानकार नै छैन् । स्थानीय तह र संघमा अति नै जडो गाडेर बसेको थियाmे शुुसासन नै थिएन । तराई हिमाल या उच्च पहाड क्षेत्रमा कर्मचारीहरु नजाने । गए पनि जसको दरबन्दी हो त्यो ठाउँको निम्तिको हकमा चलिराख्ने समस्या थियो, त्यसको अन्त्यको सुरुवात गरेका छौं ।

मन्त्री मोदीले छिटो भन्दा छिटो अन्य क्षेत्रहरुमा ऐन ल्याएर व्यवस्थित काम गर्ने बताए । बजेट पछि सातै वटा प्रदेशमा विभिन्न प्रकारको अन्तक्रिया कार्यक्रम गर्ने उनको भनाइ छ ।

मन्त्री मोदीले क्षमता अभिवृद्धिको लागि स्थानीय सरकारको ७५३ वटालाई नै सँगै लिएर जाने बताए । पालिका प्रमुख विदेश भ्रमणमा पनि संघीय मामिला मन्त्रालयबाट नै अनुमति लिनु पर्ने बताएका छन ।

बिहिबार, २५ जेठ, २०८०, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर