काठमाडौँ । आगामी केही दिनसम्मको तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भू–भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।