मुर्रा राँगो उपहारमा किन खिसी ?

 जयप्रकाश आनन्द

सरकारले राम्रो व्यवस्थापन गर्न सके वर्षमा एक राँगोबाट एक लाख अंश वीर्य उत्पादन गर्न सकिन्छ । यत्रो ठूलो सम्भावना छ यसको । रमाइलो भेट्न सक्नुहुन्छ । छोराहरू संसद्मा मुर्रा राँगो उपहारमा खिसी गरिरहेको देख्नुहुन्छ । तर, बाबु काकाहरू गाउँघरमा, बाँसघारीतिर, खोला खोल्सीतिर भक्कु बोका, उन्मत्त साँढे, हुडाँर राँगो आदिबाट बीर लगाउन दिनभरि भौतारिरहेका हुन्छन् । यस्तो अर्थ–सामाजिक यथार्थको कुरो संसद्मा मजाकको विषय बनाइएको छ । के सोच्दा हुन् भारततिरका मानिसहरू ? अञ्जुलीमा प्वाल परेका जात हुन् नेपाली राजनीतिकहरू–यस्तै यस्तैहरू !

म कृषि मन्त्री भएको बेला नयाँ दिल्लीमा भारतका तत्कालीन कृषि मन्त्री शरद पवारलाई भेटेर २५ वटा मुर्रा जातका राँगो सशुल्क नै भएपनि उपलब्ध गराई दिन अनुरोध गरेको थिएँ । त्यसवेला भारत सरकारले कतिपय पशुधनको निर्यातमा लगाइरहेको प्रतिबन्धका कारणले उनले असमर्थता जनाएका थिए । त्यसपछिका विभिन्न मन्त्री तथा सम्बद्ध निकायले यस मागलाई जारी नै राखेको हुनुपर्छ । हाल १३÷१५ वटा उपलब्ध हुनु खुसी कै कुरो हो ।

यो अभागी मुर्राले मुलुकलाई दिनसक्ने योगदानको ख्याल नगरेर यसलाई हाँसोको विषय बनाइएको छ । मुर्राको एक भैसीले उचित स्याहार र खानपिन पाएमा वर्षमा २०० दिनसम्म दैनिक ३० लिटर दूध दिने गरेको छ । यदि अन्य उन्नत जातको भैंसीमा यस मुर्राको वीर्यबाट गर्भाधान गराइ सोबाट हुने वर्णशंकर भैंसीबाट पनि औसत १२–१५ लिटर दूध प्रतिदिन उत्पादन हुन सक्छ । भारतका ‘अमुल डेरी’ का संस्थापक ‘वर्गीज कुरियन’ ले यसरी दूधबाट भारतको समग्र विकाश अभिवृद्धिका लागि ‘स्वेत क्रान्ति’ ल्याउन सकिन्छ भनेर चरितार्थ गरिदेखाए । आज नेपालको बजारमा सरकारी ‘डिडिसी’को दुग्ध उत्पादनहरू पाइन्नन् तर, ‘अमुल’को सर्वत्र पाइन्छ । सरकारले राम्रो व्यवस्थापन गर्न सके वर्षमा एक राँगोबाट एक लाख अंश वीर्य उत्पादन गर्न सकिन्छ । यत्रो ठूलो सम्भावना छ यसको । रमाइलो भेट्न सक्नुहुन्छ । छोराहरू संसद्मा मुर्रा राँगो उपहारमा खिसी गरिरहेको देख्नुहुन्छ । तर, बाबु काकाहरू गाउँघरमा, बाँसघारीतिर, खोला खोल्सीतिर भक्कु बोका, उन्मत्त साँढे, हुडाँर राँगो आदिबाट बीर लगाउन दिनभरि भौतारिरहेका हुन्छन् । यस्तो अर्थ–सामाजिक यथार्थको कुरो संसद्मा मजाकको विषय बनाइएको छ । के सोच्दा हुन् भारततिरका मानिसहरू ? अञ्जुलीमा प्वाल परेका जात हुन् नेपाली राजनीतिकहरू–यस्तै यस्तैहरू !

आजको दिनमा मलाई त सीमाका बारेमा धेरै भन्न मन लाग्दैन । अन्यथा अर्थ नलागोस् । भूमि प्राप्ति भएको दिन म पनि तेलको बत्ती बालेर खुसी मनाउने छु । तर म ढुक्क छु, सायद मेरो जीवनकालमा कुनै चुच्चे भाग फिर्ता पाएको मैले देख्ने छैन । जुन मुलुकका प्रमहरू विदेशीबाट अनुचित धनराशी स्वीकार्छन्–त्यहाँ यी सब कुराहरूको के अपेक्षा गर्नु ? पञ्चायतको वेला एक जलविद्युत योजनाको ठेक्का वापत राजदरबारका लागि ‘शेर्पा होटेल’ निर्माण गरी नजराना दिइयो । यो क्रम अहिले पनि जारी छ ।

हाल प्रायसः सबै ठूला योजनाहरूको निर्माण कमिशनका लागि भएको गम्भीर आरोप जानकारले लगाएका छन् । राष्ट्रिय सुरक्षाको अत्यन्त संवेदनशील दायित्व बोकेको नेपाली सेना कुनै पनि ठूलो डिलमा आरोपबाट मुक्त रहेका छैनन् । अर्बौ अर्बको लगानीबाट बनेको पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल बनुञ्जेल, संभाव्यता अध्ययन गरिन्जेल यसको हेक्का राखिएन कि भारततिरबाट एयर रूट लिँदा भारतको अनुमति अनिवार्य छ । अनि यस्तो भीमकाय एयरपोर्टहरू बनेर तयार हुदाँ त्यहाँ कहाँका विमानहरू ओर्लने हुन्–यसको हेक्का राखिएन । भनिन्छ, कमिशनको खेलमा विमानस्थल बनाइयो र अहिले भारतको विरोध गर्ने जिम्मेवारी “ग्रेटर नेपाल”वालाको जिम्मामा परेको छ ।

वि.सं. ०५२ तिरको कुरा हो क्यार ! तत्कालीन कृषिमन्त्री शैलजा आचार्यको बिबादमा शेरबहादुर देउवा भ्रष्टाचार र नेपाली समाजकोपाखण्डका बारेमा संसदभित्र बोल्दै थिए । उनले प्रश्न गरे, “कमसे कम राणा शासन यता, पञ्चायती व्यवस्थाका दौरान र त्यसपछिका समयमा सम्पत्ति, वैभव प्राप्तिकाप्रति नेपाली समाजका मनोविज्ञानमा कुनै परिवर्तन आउन सकेको छ ? हामी आ–आफ्ना छोरी र बहिनीहरूको बिहे सदा सुब्बा वा खरिदार नै किन नहुन् तर, भन्सार, माल, कर तथा अदालतका कर्मचारीहरूसँग नै किन गर्न खोज्छौ ? बिहेवारीका लागि अहिले पनि सेना, पुलिस तथा वनका कर्मचारीहरू सबभन्दा बढी किन रोजिन्छन् ?”

काँतर संसद् मौन भयो । आज पर्यन्त सबै मौन छन् । बोलेको बेला “मुर्रा राँगो” का बारेमा मात्र बोल्छन् । उ बेला उक्त कुरा बोल्ने शेरबहादुर स्वयं पनि आज मौन भएका छन् ।

बुधबार, २४ जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर