कोशी प्रदेशका पूर्वाधार र पर्यटन मन्त्रीले दिए पदबाट राजीनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

मंगलर माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् । उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । माओवादीबाट कार्कीले पार्टीको नेतृत्व गरेर मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारमा गएका थिए ।

‘कोशी प्रदेश सरकारमा मन्त्री भइ कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितका कारण नेकपा माओवादी केन्द्र पार्टीले तँपाईको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले मैले तपाईको सरकारमा रहि निरन्तरता दिन नसक्ने अवस्था सृजना भएकोमा आजको मितिबाट लागु हुने गरि मैले मेरो मन्त्री पदबाट राजिनामा गरेको छु ,’ राजिनामा पत्रमा उल्लेखछ ।

मङ्गलबार, २३ जेठ, २०८०, दिउँसोको ०२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर