माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सम्भावना

विराटनगर ।  नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । अहिले सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो ।

माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल हुनेछ । ती सांसदले भने अनुसार सरकारबाट छाड्न सक्ने सम्भावना छ । कोशी प्रदेशमा माओवादी केन्द्र नेकपा एमाले नेतृत्वको सरकारमा रहेको छ ।

‘जरुरी निर्णय गर्नु पर्ने भनेर बैठकमा बोलाइएको छ,’ ती सांसदले भने, ‘जरुरी भने पनि त्यो सरकार बारेकै निर्णय हो ।’

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।

 

सोमबार, २२ जेठ, २०८०, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर