विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा आगो लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको छ ।

विराटनगर महानगरपालिकाबाट आएको दमकल , स्थानीय र प्रहरीको सहयोगमा बिजुलीको पोलमा लागेको आगो नियन्त्रणमा आएको स्थानीयले बताए । आगलागीबाट क्षति भने नभएको बताइएको छ ।