विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाँईले आफ्नो गाउँको विकासमा सबै जुट्नुपर्ने बताएका छन् ।

तेह्रथुम सरोकार समाज विराटनगरको प्रथम वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै विभिन्न कामले विराटनगरमा बसोबास गरिरहेका तेह्रथुमेहरूले आफ्नो गाउँ, समाज र समग्र जिल्लाको विकासका लागि सोच्ने बेला आएको बताएका हुन् ।

जनताले जिल्ला विकासको लागि चुनेर पठाएकाले वडा, पालिका, प्रदेश र संघका जनप्रतिनिधिहरूसँग सहकार्य गरेर तेह्रथुमलाई विकसित र समृद्ध बनाउने कोशिश भइरहेको उनले बताए ।

साधारणसभाको शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल र  कमला दर्नालले सरोकार समाज तेह्रथुमेको साँझ चौतारी भएकाले जिल्लाका समस्यालाई समस्या हल सबै एक हुनुपर्ने बताए।

साधारणसभाको अवसरमा सरोकार समाज आजीवन सदस्य विराटनगर महानगरपालिका ४ नं. वडा अध्यक्ष जितन थापालाई सरोकार समाजले सम्मान गरेको छ । साधारणसभाको खुल्ला सत्र समाजका अध्यक्ष सुरेशमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

तेह्रथुम सरोकार समाजको अध्यक्षमा कार्की चयन

तेह्रथुम सरोकार समाज विराटनगरको अध्यक्षमा गोविन्दमान सिं कार्की सर्वसम्मत निर्वाचित भएका छन् । समाजको प्रथम वार्षिक साधारण सभाले कार्कीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले समाजको उपाध्यक्षमा अञ्जली देवि श्रेष्ठ, जितबहादुर खापुङ र जिवराज रेग्मी महासचिवमा उत्तम चौलागाईं, सचिवमा नवीन कार्की र दुर्गाप्रसाद भण्डारी तथा कोषाध्यक्षमा गोपा अधिकारी र सहकोषाध्यक्षमा मञ्जु पाण्डेलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा मन्जु श्रेष्ठ, कौशल निरौला, पदमबहादुर सुवेदी, डिकबहादुर कार्की, विश्वनाथ भट्टराई, बालमञ्जरी तिम्सिना, राजेन्द्र प्रसाद खनाल, तोयानाथ दाहाल, जयनाथ अधिकारी सर्वसम्मत चयन भएका छन् ।