युवा तथा खेलकुदमन्त्रीको गृहनगर लेटाङमा गाउँपालिकाभन्दा कम बजेट

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूको गृहनगरमा गाउँपालिकाभन्दा कम बजेट विनियोजन भएको छ ।सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजन गरेकोमध्ये लेटाङ नगरपालिकाले गाउँपालिकाभन्दा कम बजेट पाएको छ । लेटाङ युवा तथा खेलकुदमन्त्री लिम्बूको घर भएको नगरपालिका हो ।

लेटाङ नगरपालिकाले ३५ करोड ८ लाख मात्रै संघीय बजेट पाउने भएको छ । चालूतर्फ ३२ करोड २६ लाख र पुँजीगततर्फ २ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा संघीय सरकारबाट मोरङका १७ स्थानीय तहले ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ पाउने भएका छन् । विनियोजित रकममध्ये चालूतर्फ ७ अर्ब १९ करोड ११ लाख र पुँजीगततर्फ १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत बताएका छन् ।

मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका छन् । विराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड २४ लाख रुपैयाँ बजेट पाउने भएको छ ।

संघीय सरकारबाट सबैभन्दा बढी विराटनगर महानगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम केराबारी गाउँपालिकाले प्राप्त गरेको छ ।

नगरपालिकातर्फ सबैभन्दा बढी सुन्दरहरैंचा नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा बढी ग्रामथान गाउँपालिकाले प्राप्त गरेको छ । सुन्दरहरैंचाले ८० करोड ६७ लाख बजेट पाउने भएको छ । चालू खर्च ५४ करोड ५७ लाख र पुँजीगत खर्च २६ करोड १० लाख प्राप्त गरेको छ ।

उर्लाबारी नगरपालिकाका लागि ७८ करोड ३८ लाख विनियोजित भएको छ । चालूतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख रुपैयाँ उर्लाबारीले प्राप्त गरेको छ । पथरीशनिश्चरे नगरपालिकाले ४५ करोड ९६ लाख प्राप्त गरेको छ । चालूतर्फ ४३ करोड २९ लाख र पुँजीगततर्फ २ करोड ६७ लाख विनियोजित भएको छ ।

बेलबारी नगरपालिकाले ५१ करोड ९० लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४६ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख रुपैयाँ विनियोजन भएको थियो ।

रंगेली नगरपालिकाले ४८ करोड ६४ लाख रुपैयाँ पाउने भएको छ । चालूतर्फ ४२ करोड ९२ लाख र पुँजीगततर्फ ५ करोड ७२ लाख विनियोजन भएको थियो । रतुवामाई नगरपालिकाले ५० करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । चालूतर्फ ४५ करोड ८९ लाख र पुँजीगततर्फ ३ करोड ६७ लाख विनियोजन भएको थियो ।

सुनवर्षी नगरपालिकाका लागि ४० करोड १२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालूतर्फ ३६ करोड ४४ लाख र पुँजीगततर्फ ३ करोड ६८ लाख रकम विनियोजन गरिएको छ ।

८ वटा गाउँपालिकाले ३ अर्ब ४४ लाख ८० हजार प्राप्त गरेका छन् । कटहरी गाउँपालिकाले ३७ करोड ८३ लाख प्राप्त गरेको छ भने कानेपोखरी गाउँपालिकाले ३९ करोड ७१ लाख पाउने छ ।

केराबारी गाउँपालिकाले ३३ करोड ६६ लाख प्राप्त गर्दा ग्रामथान गाउँपालिकाले ४३ करोड २४ लाख प्राप्त गरेका छन् । जहदा गाउँपालिकाले ३६ करोड २६ लाख बजेट प्राप्त गरेका छन् । थनपालथान गाउँपालिकाले ३५ करोड ९७ लाख प्राप्त गरेका छन् । बुढीगंगा गाउँपालिकाले ३९ करोड २६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

मङ्गलबार, १६ जेठ, २०८०, रातीको ०८:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर