विराटनगरमा तनाव : प्रहरी र आन्दोलनकारीबीचको झडपमा ४६ जना घाइते, ३८ राउण्ड हवाइ फायर

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको थियो । झडपमा परी ४६ जना घाइते भएका छन् ।

प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् । भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशको नाम गत फागुन १७ गते कोशी राखेसँगै पहिचानवादीले आन्दोलन सुरु गरेका थिए । त्यसपछि प्रदेशसभाको बैठक आज बसेको हो ।

आइतबार, १४ जेठ, २०८०, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर