‘आन्दोलन सडकमा मात्रै हुँदैन, सदनमा पनि हुनसक्छ’

विराटनगर । नेपाली काँग्रेसका सांसद शम्शेर राईले सदनमा पनि आन्दोलन हुने चेतावनी दिएका छन् ।

सरकारले वार्तामार्फत समस्या समाधान गर्नुको साटो दमन गर्ने काम गरेको भन्दै उनले आन्दोलन सडकमा मात्रै नभई सदनमा पनि हुनसक्ने चेतावनी दिएका हुन् । राजनीतिक मागहरुलाई राजनीतिक ढंड्गले नै हल गरिनुपर्ने बताउँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

पहिचानवादीले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै प्रदेशसभा अधिवेशन सुरु हुनु अगाडिदेखि नै विराटनगरमा प्रदर्शन र झडप भएको छ । झडपमा परी दर्जन बढी घाइते भएका छन् । गत फागुन १७ गते कोशी नाम राखेपछि पहिचानवादीले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

आइतबार, १४ जेठ, २०८०, दिउँसोको ०३:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर