विराटनगर । बाहिर पहिचानवादीको आन्दोलन चलिरहदा प्रदेश सभा सचिवालय भित्र नेकपा एमाले संसदीय दलको बैठक सुरू भएको छ ।
बिहान ८ बजे बोलाइएको बैठक ९: ३० बजे मात्रै बैठक सूरू भएको हो ।
पाचकर्ण राइ भने काठमाडौंमा रहेको र अन्य केही सांसद वाटोमा रहेको प्रमुख सचेतक रेवति रमण भन्डारीले बताए । पहिचान बादि नेताहरूले संसद सचिवालयमा प्रवेश गर्न रोक लगाउने भएपछि एमालेले विहानै बैठक बोलाएको थियो । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका ३० जना कार्यकर्तालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

