काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध निर्मम भएर लाग्ने बताएका छन ।
सरकारको नीति कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो मुटुको नकामेको समेत बताएका छन ।
यस अघि रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारीविरुद्ध अभियान छेड्न प्रधानमन्त्रीको मुटु कामेको भन्दै मुटु चेक गर्ने अस्पताल खोज्न बताएका थिए ।
लामिछाने प्रति व्यग्य गर्दै प्रधानमन्त्रीले भनेका छन ‘केही सांसदले प्रधानमन्त्रीको मुटु हल्लिएको आशंका गर्नुभयो । मेरो मुटु हल्लिएको छैन । बरु भ्रष्टाचारविरुद्ध काम गर्नमा दृढ छु ।’
उनले दोषीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिवद्ध रहेको समते बताए । । शरणार्थी प्रकरण देशको प्रतिष्ठासँग मात्रै होइन नभईअन्तराष्ट्रिय चासो पनि जोडिएकोले राजनीति विषयभन्दा माथिबाट उठेर यो विषयलाई लिनुपर्ने प्रधानमन्त्रीको भनाइरहेको छ ।